निशुल्क कोटामा आफन्तको उपचार गरेर केही निजी अस्पतालले बदमासी

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले केही निजी अस्पतालहरूले निःशुल्क उपचार गर्नुपर्ने कोटामा आफन्तहरूको उपचार गरेर बदमासी भएको बताएकाउनुभयो ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य मन्त्रालयको बजेटबारे सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा गरिब र कमजोर आर्थिक अवस्था भएकाहरूको लागि भनेर निजी अस्पतालमा ८ वटा कडा रोगको निःशुल्क उपचार र १० वटा बेड अनिवार्य छुट्याउनुपर्ने भएपनि त्यसमा आफन्त र आसेपासेको उपचार गरेर बदमासी गरेको मन्त्री यादवले बताउनुभएको हो ।

निजी अस्पताले १० वटा बेड फ्रि गरेका छौं, गरिब निमुखाको फ्रि हुँदैन भन्ने जनगुनासो र त्यसमा आफ्ना आफन्त आसेपासेलाई उपचार गर्ने र फ्रि गरिएको देखाइदिइको उहाँले भन्नुभयो ।
अस्पतालले दिने निः शुल्क सेवाबारे आम नागरिकलाई जानकारी दिन पाँच वटा ठूला ठूला होडिङ बोर्डमा लेखेर राख्नुपर्ने मन्त्री यादवले बताउनुभयो ।

उहाँले त्यस्ता होडिङ बोर्ड नराख्ने अस्पतालहरूसँग गरिब जनताको निःशुल्क उपचार गर्नका लागि स्वास्थ्य मन्त्रालयले सम्झौता नगर्नेे जिकिर गर्नुभयो।

मन्त्री यादवको अनुसार निजी अस्पतालसँग सम्झौता गर्दा फरक किसिमको अनुगमन मूल्यांकन सेवा प्रदान गरिने, मोडालिटीमा परिवर्तन एवम् सेवा सर्तमा परिमार्जन गर्न आवश्यक रहेको उहाँले जनकारी दिनुभयो ।
सथै अलग मोडालिटीमा जानुपर्छ नत्र गरिब निमुखा मरिरहन्छ ।
https://radioshwetashardul.org/