
आज देशभर हल्का मनसुनी प्रणालीको प्रभाव रहने
काठमाण्डौ । देशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै बाँकी भू–भागमा स्थानीय वायु आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्य बदली रहने छ । कोशी, बागमती र कर्णाली प्रदेशका केहि स्थानहरुमा साथै गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।