योगले मानिसलाई स्वस्थ्य र असल बनाउँछः अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले योगले मानिसलाई स्वस्थ्य र असल बनाउने बताउनु भएको छ ।

एमाले केन्द्रीय कार्यालयले अन्तर्राष्ट्रय योग दिवसको अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको “निरोगी नेपालको लागि योग”कार्यक्रममा उहाँले योगले मानिसलाई स्वस्थ्य जीवन जिउन र असल कर्म सिकाउने काम गरेको बताउनुभयो ।

उहाँले योगगुरुलाई योगको माग सहि दिन आग्रह गर्दै योगलाई दुरुपयोग गर्न नहुने बताउनुभयो ।  उहाँले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले योग नेपाल भूमिबाट नै शुरु भएको भन्दै भन्नुभयो “योग यसै भूमिबाट शुरु भएको थियो, हजारौं वर्षअघि। मैले आफ्ना अघिल्ला मन्तव्यमा पनि योगको सुरुवात र विकासको सन्दर्भमा केही आफ्ना विचार राखेको थिएँ ।  योगी शिवबाट योग शुरु भएको थियो । योग कुनै धर्म विशेषसँग, कुनै जाति वा भूगोल विशेषसँग, कुनै राजनीतिक विचार धारासँग सीमित छैन” उहाँले भन्नुभयो ।  उहाँले योग कुनै धर्म, जाति, भूगोल र राजनीतिक विचार धारामा सीमित गर्नु नहुने धारणा राख्नुभयो ।