कतारबाट काठमाण्डौ ओर्लिएका ३ जना सुनसहित पक्राउ

काठमाण्डौ । कतारबाट काठमाण्डौ ओर्लिएका एक जना ८१.६३ ग्राम सुनसहित पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट बाँकेको खजुराका २४ वर्षीय मोहम्मद दिलसाद खाँलाई पक्राउ गरेको हो ।

खाँलले लगाएको पाइन्टको कम्मर भागमा टिस्युले बेरेर लुकाएको अवस्थामा ६९.८९ ग्राम सुनको ब्रासलेट र ११.६५ ग्राम सुनको बेरुवा औँठी बरामद भएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिनुभयो ।

प्रहरीकाअनुसार खाँकै जानकारीका आधारमा अन्य दुईजना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको गैडाकोटका ४३ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिकाका २५ वर्षीय अन्जिल गुरुङ रहेका छन् ।