सर्वदलीय बैठक नबस्दा बागमती प्रदेशसभा बैठक प्रभावित

हेटौँडा । बजेटका त्रुटि सच्याउन बोलाइएको बागमती प्रदेशको सर्वदलीय बैठक बस्न नसक्दा प्रदेशसभा बैठक नै प्रभावित बनेको हो । शुक्रबार बिहान १० बजे बोलाइएको सर्वदलीय बैठक सरकार पक्षको आन्तरिक असमझदारीले बस्न नसकेको बताइएको छ ।
सर्वदलीय बैठक बस्न नसकेपछि ११ बजेलाई बोलाइएको प्रदेशसभा बैठक पनि अनिश्चित भएको छ


प्रतिपक्षले बिहीबारको प्रदेशसभा बैठक अवरुद्ध गरेपछि सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मलाई स्थगित गरिएको थियो ।

बजेटमा रहेको त्रुटि सच्याउन अर्थमन्त्री जगन्नाथ थपलियाले मन्त्रालयका कर्मचारीलाई दिएको निर्देशन कर्मचारीले पालना नगर्दा दुवै बैठक प्रभावित भएको बुझिएको छ ।

अर्थमन्त्रीको अनुसार बजेटको असन्तुलन, नीति तथा कार्यक्रम र बजेटमाथिको त्रुटि सच्याउने भनिएको तर निर्देशन कर्मचारीले नमानेको बताउनुभयो।
अर्थमन्त्री थपलियाले कर्मचारीले निर्देशन पनि सुनेको नसुन्यै गरेपछि समस्या भएको बताउनुभएको हो ।

 

 

https://radioshwetashardul.org/