
टी–२० विश्वकपमा भारत दोस्रो चरणको पहिलो खेलमा विजयी , अफगानिस्तान ४७ रनल पराजित
काठमाण्डौ । आईसीसी टी –२० विश्वकप क्रिकेटमा दोस्रो चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तानलाई हराएको छ।
हिजो भएको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको हो । भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान अन्तिम ओभरमा अलआउट हुँदै १ सय ३४ रनमा समेटियो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । समूह ‘ए’ मा भारत र अफगानिस्तानसँगै अष्ट्रेलिया र बङ्गलादेश पनि रहेका छन् ।