पूर्वराष्ट्रपति भण्डारीद्वारा तस्बिर अवलोकन

काठमाडौं ।  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय समाचार समिति ( रासस ) को अवलोकन गर्नुभएको छ ।

गणतन्त्रको उपलब्धि  समृद्धिका लागि पूर्वाधार भन्ने मूल नाराका साथ आयोजना गरिएको तस्बिर प्रदर्शनमा भण्डारीले   अवलोकन गर्नुभएको हो ।

उक्त तस्बिर प्रदर्शनमा नेपालमा रहेका बिभिन्न विकासका आयोजना , बन्दै गरेका भौतिक पूर्वाधार लगायतका तस्बिरहरू स समावेश गरिएको  छ  ।

अवलोकन गर्दै पूर्व  राष्ट्रपति भण्डारीले आफूलाई तस्बिर प्रदर्शनले खुसी लागेको बताउनुभयो । नेपालका महत्त्वपूर्ण विकासका प्रमुख आयोजना जस्तै सुनकोसी मरिण डाइभर्सन , नागढुङा सुरुङ मार्ग, महेन्द्रनगर दोधाराको पुल, भूकम्प पछिको पुन निर्माण लगायत धेरै भन्दा महत्त्वपूर्ण भौतिक पूर्वाधारहरूको तस्बिर समावेश गरिएको छ  ।