उत्पादन क्षेत्र र भन्सारमा कर लगाउनु हुँदैन : इप्पान अध्यक्ष कार्की

काठमाण्डौ । आर्थिक वर्ष २०८१ / ८२ को बजेटमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ( इप्पान ) ले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

शुक्रबार इप्पानले पत्रकार सम्मेलन मार्फत उत्पादन क्षेत्र र भन्सारमा कर लगाउनु हुदैन भन्ने धारणा व्यक्त गरेको छ ।
सरकारले उत्पादनमा कर लगाउनाले निजी क्षेत्र अफ्टेवारोमा परेका इप्पान अध्यक्ष गणेश कार्कीले बताउनु भयो । उहाँले भन्नु भयो, अहिलेको बजेटले पनि निजी क्षेत्रलाई नसमेटेकोले गर्दा निजी क्षेत्र तनावमा छन् । उहाँले उत्पादन क्षेत्र र भन्सारमा कर लगाउनु उचित नभएको धारणा राख्नु भएको थियो ।

२५ वर्ष अघि स्थापना भएको र क्षेत्रगत लगानीको हिसाबले नेपालका सबै भन्दा ठुलो लगानी रहेको निजी प्रवर्द्धक कम्पनीहरूको साझा संस्था छुटै पहिचानका साथमा अगाडी बढिरहेको छ । इप्पानले ऊर्जा मैत्री नीति , ऐन कानुन, योजना र अन्तराष्ट्रियस्तरका कार्यक्रम छलफल र अन्तरक्रिया गर्दै आएको छ ।

ऊर्जा उत्पादनसँग सम्बन्धित साढे पाँच सय कम्पनीको सदस्य रहेको साझा संस्थाको रूपमा ऊर्जा उत्पादनहरूको संस्था नेपाल ( इप्पान ) को स्थापना भएको हो ।