
पूर्वराष्ट्रपति भण्डारीद्वारा इद उल अज्हा (बकर इद) को शुभकामना (पूर्णपाठ)
काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति तथा समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।
इस्लाम धर्मावलम्बीको महान् पर्व इदको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले यस चाडलाई मुख्यतया ध्यान, प्रार्थना र बलिदानको चाडको रूपमा लिइने बताउनुहुँदै यसको मौलिक विशेषता दर्शाउनु भएको छ ।
यस चाडले मुस्लिम संस्कृतिमा विद्यमान परोपकार र साझेदारीको असल अभ्यासलाई समेत प्रतिबिम्बित गर्ने उहाँको भनाई छ ।
बकर इदलाई राष्ट्रिय सामर्थ्यको रूपमा अर्थ्याउँदै सन्देशमा भन्नुभएको छ “नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ । यही विविधता बिचको एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य हो ।”
“विविध भाषा, धर्म र संस्कृति अँगालेका जनता बिचको आपसी सद्भाव, एकता, सहिष्णुता र सम्मानपूर्ण सहअस्तित्वबाट नै हाम्रो राष्ट्रिय एकता अझ सबल र सुदृढ बन्न सक्दछ ।” पूर्वराष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।
इद उल अज्हा (बकर इद) पर्व, २०८१ को शभकामना (पूर्णपाठ)