
युरो कप फुटबलमा आज तीन खेल हुँदै
काठमाण्डौ । युरो कप फुटबलमा आज तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे पोल्यान्ड र नेदरल्यान्ड्स, राति पौने १० बजे स्लोभेनिया र डेनमार्क तथा राति पौने १ बजे सर्विया र इंग्ल्यान्ड खेल्दैछन् ।
यसअघि स्पेन, इटाली, स्विट्जरल्यान्ड र आयोजक जर्मनीले विजयी शुरुवात गरेका छन् । गए राति भएको खेलमा स्पेनले क्रोएसियालाई ३–०, इटालीले अल्वानियालाई २–१ र हिजो बेलुका भएको खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३–१ ले गोलले हराएको हो । जितसँगै समूह एु को स्विट्जरल्यान्डको तीन अङ्क भएको छ ।
त्यस्तै समूह ुबीु का स्पेन साविक विजेता इटालीको पनि समान तीन अङ्क भएको छ । जर्मनीले आयोजना गरेको १७ औँ संस्करणको युरो कप आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । २४ वटा टोलीलाई छ वटा समूहमा विभाजन गरिएको छ