काठमाण्डौ उपत्यकामा आज मनसुनको सामान्य प्रभाव महसुस हुने

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आज बेलुकादेखि केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बेलुकादेखि काठमाण्डौ उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने र राती मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको विभागका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी भएपनि यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उहाँले बताउनुभयो ।

हिजो (शुक्रबार) को अधिकतम तापक्रम ३३ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएकोमा आज भने अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।