जलवायू परिवर्तनका प्रभाव न्यूनीकरणमा व्यवहारिक कार्यान्वयनको खाँचो छ : पूर्वराष्ट्रपति भण्डारी (पूरा भिडियोसहित)

सुप्रिया राई, ललितपुर, जेठ ३१ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायू परिवर्तनका प्रभाव न्यूनीकरणका लागि व्यवहारिक कार्यान्वयनको विषयमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

प्रकृति संरक्षण कोष नेपालको सहयोगमा मेचीमहाकाली मिडिया सोसाइटीद्वारा आज (बिहीबार) ललितपुरको सातदोबाटोमा आयोजित “२१ औं शताव्दीमा जलवायू परिवर्तन र प्रेस” विषयक कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्पति भण्डारीले सो विचार व्यक्त गर्नुभएको हो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सन्दर्भमा जलवायू परिवर्तनको विषय धेरै अगाडि देखिनै उठेको उहाँले बताउनुभयो । आफू जनसंख्या वातावरणमन्त्री हुँदा र राष्ट्र प्रमुखकारुपमा २ कार्यकालसम्म जिम्मेवारी सम्हालदा पनि वातावरणका निम्ति विभिन्न कामको थालनी गरेको उहाँले स्मरण गराउनुभयो । विक्रम टेम्पोलाई सफा टेम्पोकोरुपमा प्रतिस्थापन गर्दा र राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको स्थापनापश्चात पनि वातावरण संरक्षणलाई सदैव प्राथमिकतामा राखेको जिकिर गर्नुभयो ।

May be an image of 1 person and text that says 'मिदुल အအာ आयोलक 파규 पहाकाली सिडिय नशा R]'

नेपालका प्रथम महिला राष्ट्पति भण्डारीले हरेक व्यक्तिले आआफ्नो ठाउँबाट महत्वपूर्ण काम गर्नुपर्ने बताउनुभयो । मुलुकमा ७५३ स्थानीय तह रहेको र स्रोतको पनि समस्या नरहेको बताउँदै उहाँले अबका दिनमा जलवायु परिवर्तनका सवालमा सार्थक परिणाम आउने गरी जुट्न सबैलाई आह्वान गर्नुभयो । सबै नागरिक बिना वर्दीको पहरेदार रहेकाले त्यो सम्भव रहेको उहाँले विचार व्यक्त गर्नुभयो ।

May be an image of studying and crowd

यसैगरी, विभिन्न सत्रमा विभाजित सो कार्यक्रममा प्रकृति संरक्षण कोषका अधयक्ष एवम् वातावरणविद् डा. कृष्णप्रसाद ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख सल्लाहकार डा. भेषराज अधिकारी, नेपाल वातावरण पत्रकार समाजका पूर्व अध्यक्ष अर्जुन ढकालले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

May be an image of ‎7 people, dais and ‎text that says '‎शताब्दीमा ओ शताबदीमा ठालवार परिवर्तन उदवरुपरिवर्तजरुप्रेम र प्रेमु सहकार्य राष्ट्रिर पर प्रर्तनि संरक्षण कोष (NTNC) 9כ0י नेए मलटार आयोजक मेटीमहाकालीविहियासोर ਸेची महाकाली मिडिया सोसाइटी या ती नी वार्श तथ e R रुष्र CAR)‎'‎‎

मेची महाकाली मिडिया समाजका अध्यक्ष माधव शर्माको अध्यक्षतामा आयोजित सो कार्यक्रममा देशका विभिन्न जिल्लाबाट सहभागी पत्रकारहरूले कार्यपत्र प्रस्तोता र जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत व्यक्तिहरूसँग अन्तरक्रिया गरेका थिए ।

(पूरा भिडियो यहाँ हेर्नुहोस्)