
तुलसीपुरमा एक युवकमाथि चक्कु प्रहार
काठमाण्डौ । दाङको तुलसीपुरमा मंगलबार बिहान एक व्यक्तीमाथि खुकुरी प्रहार भएको छ । आइतबार राति १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका–४ मजवा ठूलाखाली चोकमा सामान्य विवाद हुँदा २४ वर्षीय गोरखलाल खड्कामाथि चक्कु प्रहार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो ।
सोही ठाउँका २१ वर्षीय पवन केसीसहितका ब्यक्तीले चक्कु प्रहार गरेको प्रहरीले बताउनुभको छ । चक्कु प्रहार हुँदा ढाडमा गहिरो चोट लागेका खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नर्सिङहोम नेपालगञ्ज लगिएको छ ।
चक्कु प्रहार गर्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पवन केसीसहित सोही ठाउँका १८ वर्षीय झग्गु वली र २२ वर्षीय विकास पुनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । साथै उनीहरुको साथबाट रा ६ प ५०, रा ४ प ५२४ र रा ६ प ४०६५ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।