प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफल हुँदै

काठमाण्डौ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । आजदेखि आउँदो आर्थिक वर्षको बजेटमाथि मन्त्रालयगत रूपमा छलफल शुरु हुँदैछ आज चार वटा मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयतर्फको बजेटमा आज छलफल हुन लागेको हो ।

आउँदो असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्नेछ । असार ७ गते बजेट पारित गर्ने संसदीय क्यालेन्डरमा उल्लेख छ ।

अर्थमन्त्री वर्षमान पुनले गएको जेठ १५ गते आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सङ्घीय संसद‍्मा प्रस्तुत गर्नुभएको थियो । यसैबीच आउँदो ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।