
शिक्षक लाइसेन्स परीक्षामा जुनसुकै विषय पढे पनि सहभागी हुन पाउने
काठमाण्डौ । सरकारले अबदेखि जुनसुकै विषय अध्ययन गरेका व्यक्ति पनि शिक्षक लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । शिक्षा शास्त्र संकायका विद्यार्थी कमजोर रहेकाले शिक्षक सेवा आयोगले लिएको परीक्षामा धेरै विद्यार्थी फेल भएपछि सरकारले लाइसेन्स परीक्षा खुकुलो बनाउने निर्णय गरेको हो ।
शिक्षक जनशक्ति तयार गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गत ५ सय ५० वटा क्याम्पसमा शिक्षा विषयको पढाइ हुन्छ । यसबाहेक अन्य विश्वविद्यालयमा पनि शिक्षा विषयको अध्ययन अध्यापन भइरहेको छ । शिक्षा शास्त्र संकायका विद्यार्थी कमजोर रहेकाले शिक्षक सेवा आयोगले लिएको परीक्षामा धेरै विद्यार्थी फेल भएपछि सरकारले लाइसेन्स परीक्षामा खुकुलो बनाउने निर्णय गरेको छ ।
माध्यामिक शिक्षा परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिने तालिम लिएका वा शिक्षाशास्त्र संकाय अध्ययन गरेका विद्यार्थीले मात्र लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्थाको सट्टा जुनसुकै विषय अध्ययन गरेकाले पनि लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । शिक्षक सेवा आयोगको नियमावली संशोधन गर्न भने बाँकी छ ।
तर, शिक्षक जनशक्ति व्यवस्थापनमा सरकारले गरेको नयाँ योजनाले समग्र शिक्षा प्रणालीमा नकारात्मक असर पर्ने विज्ञको बुझाइ छ ।