
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशन असारमा हुने
नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशन आउदो असारमा हुने भएको छ।
आउदो असार ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन हुने भएको हो।
‘संगठित प्रशिक्षित र समुन्नत समाज निर्माण अभियान संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन’ भन्ने नाराका साथ महाधिवेशन हुन लागेको अध्यक्ष ओमबहादुर घर्तीमगरले बताउनु भएको हो।
महाधिवेशन सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ।
नेपाल आदिवासी जनजाति संघ २०५५ मा स्थापना भए पनि अहिलेसम्म महाधिवेशन हुन नसकेको थियो।