सात मुद्दाका १२ फरार प्रतिवादी पक्राउ
काठमाण्डौ । सिराहा जिल्ला अदालतबाट कैद तथा जरिवानाको फैसला तोकिएका जबर्जस्तीदेखि नागरिकता किर्तेसहित विभिन्न सात मुद्दाका १२ जना फरार प्रतिवादीलाई पक्राउ गरी प्रहरीले अदालतमा बुझाएको छ ।
विभिन्न मितिमा फैसला भएका जबर्जस्ती करणी, लुटपाट, लागुऔषध, बहुविवाह, सार्वजनिक अपराध, नागरिकता किर्ते तथा अन्य गरी सात मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
सिराहा प्रहरीका प्रहरी निरीक्षक उदयभान द्विवेदीका अनुसार नानगरिकता किर्ते मुद्दाअन्तर्गत चार वर्ष कैद–सजाय तथा आठ हजार रुपैयाँ जरिवाना तोकिएका लक्ष्मीपुरपतारी गाउँपालिका–४ का ६० वर्षीय खटुवा चमार, जबर्जस्ती करणी मुद्दामा तीन वर्ष कैद तोकिएका गोलबजार नगरपालिका– ११ बल्कवाका घुरन राय अमातलाई पक्राउ गरी अदालतमा बुझाइएको हो ।