एमालेसँग तत्काल एकताको सम्भावना छैन : माधवकुमार नेपाल

काठमाण्डौ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट पार्नु भएको छ  ।

एकीकृत समाजवादी कोशी कमिटीले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेपालले विगतको समीक्षा नगर्दा पनि एमालेसँग एकताको सम्भावना नरहेको बताउनुभएको हो । उहाँले ओली एकीकृत समाजवादीप्रति सकारात्मक बन्न नसकेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने सकारात्मक रहेको बताउनुभयो । सुदूरपश्चिममा मुख्यमन्त्री दिन पनि प्रचण्डले सकारात्मक भूमिका खेलेको उहाँले बताउनुभयो । केन्द्रीय गठबन्धनलाई कायम राखेर जानुपर्ने भएकाले मधेशमा मुख्यमन्त्रीसमेत अस्वीकार गरेको उहाँको दाबी छ ।