राष्ट्र र जनताको हितविपरीतका विदेशी सहायता नल्याउन सञ्चारमन्त्री शर्माको आग्रह
काठमाण्डौ । सञ्चार प्रविधि तथा सूचनामन्त्री रेखा शर्माले राष्ट्र र जनताको हित विपरीत हुने विदेशी सहायता नल्याउन आग्रह गर्नुभएको छ ।
काठमाण्डौमा शनिबार आयोजित सामाजिक अभियन्ताहरुको राष्ट्रिय भेलामा बोल्दै उहाँले राष्ट्र र जनताको हितमा हुने गरीमात्रै वैदेशिक सहायता भित्र्याउन सामाजिक संघसंस्थालाई सचेत गराउनुभएको छ।
मन्त्री शर्माले सरकारले मुलुकको समृद्धिका लागि कृषि, ऊर्जा र सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँले उत्पादन वृद्धिमा जोड दिएर सरकारले बजेट ल्याएको दाबी गर्नुभयो। उत्पादन वृद्धि हुनेगरी सहायता रकम परिचालन गर्न पनि सामाजिक संघसंस्थालाई मन्त्री शर्माले निर्देशन दिनुभयो ।
मन्त्री शर्माले समाज कल्याण परिषद्ले राष्ट्र र जनताको हित प्रतिकूल हुने खालका कुनै पनि सहायता लिन नहुने स्पष्ट पारिनुभयो ।