
पार्टी नै नरहने अवस्था बनेपछि संसद विघटन गरेको एमाले अध्यक्ष ओलीको भनाई
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नै नरहने अवस्था बनेपछि आफूले संसद विघटन गरेको बताउनु भएको छ ।
एमाले काठमाडौं जिल्ला कमिटीको सातौं अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले आफू नेतृत्वको सरकारले राम्रो काम गरेपछि विपक्षीलाई सरकार बुझाउन पार्टीकै नेताहरु कुदेको बताउनु भएको हो ।
दक्षिणपन्थी शक्तिको पाउमा सरकार बुझाए जस्तै एमालेलाई पनि बुझाइसकेको हुने उहाँको भनाइ छ ।