बालमन्दिर जग्गा प्रकरणमा पूर्वउपाध्यक्ष श्रेष्ठ पक्राउ

काठमाण्डौ । काठमाण्डौको नक्सालस्थित बालमन्दिरको जग्गा भाडा प्रकरणमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

यो प्रकरणमा २७ वैशाखमा २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको एक महिनासम्म पनि कोही पक्राउ नपरेपछि सीआईबी तथा गृहमन्त्रीको आलोचना भइरहेको थियो । दबाबमा परेको सीआईबीले शुक्रबार श्रेष्ठलाई पक्राउ गरेको हो ।

नक्सालस्थित नेपाल बाल संगठनको नाममा रहेको २८ रोपनी ५ आना १ पैसा वृहस्पति विद्या सदनलाई भाडामा दिइएको छ । सो भाडा दिँदा ठगी भएको आरोप छ ।