
दाङको तुलसीपुरमा श्रीमानबाट श्रीमतीको हत्या
काठमाण्डौ । दाङको तुलसीपुर उपहानगरपालिका – ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको हत्या गरेका छन् ।
नेपाली सेनाका जवान बुढाथोकीले श्रीमतीलाई विवाहेत्तर सम्बन्ध राखेको आरोप लगाएर आफूले हत्या गरेको बताएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।