
सरकारले प्रदेशहरूमा भूगोल र जनसंख्याको आधारमा बजेट छुट्याउनुपर्छ : सांसद महतो
काठमाण्डौ । जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले प्रदेशहरूमा भूगोल र जनसंख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद महतोले प्रदेशहरूमा भूगोल र जनसंख्याको आधारमा बजेट छुट्याउनुपर्ने बताउनुभएको हो ।
उहाँले प्रदेश र स्थानीय तहको बजेट कटौती गर्न नहुने बताउनुभयो । उहाँले संघीयतालाई सवल बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अझ बजेट आवश्यक पर्ने बताउनुभयो ।