मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा सर्वसम्मतिले स्वीकृत

काठमाण्डौ । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रियसभामा प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार विधेयक प्रस्तुत गर्नुभएको हो ।

विधेयकमाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको मन्त्री शर्माले जवाफ दिनुभएको थियो। यसपछि सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयो ।

सोही बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदार भण्डारीले सरकारको तर्फबाट प्रस्तुत गरेको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको अध्यक्ष दाहालले घोषणा गर्नुभयो।

राष्ट्रियसभाको अर्को बैठक भोलि (सोमबार) दिउँसो सवा १२ बजे बस्नेछ ।