पानीजहाजको अफिस बन्द गर्न सांसद चौधरीको आग्रह

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले पानीजहाज अफिस बन्द गर्न आग्रह गर्नुभएको छ। आइतबारको प्रतिनिधिसभा बैठक आगामी वर्षको बजेटमाथिको सैद्धानिक छलफलमा बोल्दै सांसद चौधरीले पानीजहाज कार्यालयको काम नभएको बताउनुभएको हो ।

अहिले पनि २० करोड रूपैयाँ छुट्याएको भन्दै यो अनुत्पादक क्षेत्रमा बजेट छुट्याउन उपयुक्त नहुने उहाँको भनाइ छ । सांसद चौधरीले भननुभयो, “त्यसमा रेगुलर जाने अपरेसन खर्च कटौती गरौँ । यसो गर्न सकियो भने हामीले उपलब्धिपूर्ण प्रोजेक्टमा बजेट हाल्न सक्छौँ ।”

रेल ल्याएको धेरै वर्ष भइसकेको र प्रोजेक्टमा पैसा छुट्याइने गरेको पनि उहाँले बताउनसभयो । अहिले त्यो रेल नचलाएकोमा पनि उनले आपत्ति जनाउनुभयो ।