१६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ गृहकार्य भइरहेको छ : पर्यटनमन्त्री तामाङ

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ गृहकार्य भइरहेको बताउनुभएको छ । आज आइतबार गोरखापत्र संस्थानले गरेको फोटो प्रदर्शनीको अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री तामाङले सन् २०२४ मा १६ लाख पर्यटक भित्राउने लक्ष्यका साथ गृहकार्य भइरहेको बताउनुभएको हो ।

उहाँले साहसिक पर्यटकलाई आकर्षित गर्ने सोच बनाएको बताउनुभयो । धार्मिक तथा सांस्कृतिक पर्यटकलाई पनि आर्कषित गर्ने सरकारको सोच रहेको उहाँको भनाइ छ ।

मन्त्री तामाङले पर्यटकहरूको वृद्धि गर्न हवाइ सेवालाई सुलभ, सरल र प्रभावकारी बनाउनुपर्ने अवस्था रहेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यान रहेको बताउनुभयो । उहाँले धार्मिक पर्यटन क्षेत्रमा पर्यटकलाई बढीभन्दा बढी समय बिताउनका लागि थप सुविधाको विकास गर्ने कुरामा पनि सरकारले सोचेको बताउनुभयो ।

“सन् २०२४ मा १६ लाख पर्यटकहरु भित्राउने लक्ष्य राखेका छौँ । कसरी भित्राउने भन्ने सम्बन्धमा गृहकार्य गर्ने क्रममा छौँ । खासगरी साहसिक पर्यटनलाई कसरी आकर्षित तुल्याउने रु धार्मिक र सांस्कृतिक पर्यटकलाई कसरी आकर्षित तुल्याउने रु भन्ने कुरादेखि लिएर अन्य व्यवस्थापकीय पक्षलाई कसरी सुधार गर्ने रु भन्ने कुराहरुको सोच बनाइराखेका छौँ । हवाइ सेवालाई कसरी सुलभ, सरल, प्रभावकारी बनाउने भन्ने कुराहरू पनि यसमा जोडिन्छ,” उहाँले भन्नुभयो ।