चोरी आरोपमा पोखराबाट चार पक्राउ

काठमाण्डौं । जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा चारजनालाई पोखरा महानगरपालिकाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा स्याङ्जाको फेदीखोला गाउँपालिका–६ घर भई पोखरा– ५ जिरो किलोमिटर बस्ने वर्ष २४ का मदन सुनार, सिन्धुपाल्चोक घर भई जिरो किलोमिटरमा फर्निचर उद्योग सञ्चालन गर्दै आएका वर्ष ५१ का भीमसेन थामीसँगै जिरोकिलोमिटर बस्ने १४ र १७ वर्षका दुई किशोर रहेको कार्यालयका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिनुभयो ।

केही समयदेखि साइकल चोरीसम्बन्धी घटनाहरू बढिरहेको र त्यसको अनुसन्धानमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले जिरो किलोमिटरस्थित थामीले सञ्चालन गर्दै आएको फर्निचर उद्योगबाट शंकास्पद अवस्थामा चोरीका साइकलहरू किनबेच गरिरहेको अवस्थामा चोरीका ६ थान साइकलसहित उनीहरूलाई पक्राउ गरेको बताउनु भयो ।