भारतले सीमा मिचेको कुरा एमाले बाहेक अरूले उठाउन सक्दैन : एमाले अध्यक्ष ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ५६ वर्षदेखि सुस्ता लगायतको नेपाली भूमि फिर्ता हुनुपर्छ भन्ने आवाज लगातार उठाइरहेको बताउनु भएको छ ।
नेकपा एमाले नवलपरासीको नवौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
उहाँले २०२५ सालदेखि सुस्ता नेपालको भूमि रहेको र त्यतिखेर देशका लागि कुरा उठाउँदा आफूहरूमाथि मुद्दा चलाइएको प्रष्ट पार्नुभयो ।
नेकपा एमाले सधैँ राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र सार्वभौमसत्ता रक्षाको पक्षमा लड्ने पार्टी भएको उहाँले बताउनुभएको हो ।
लिम्पियाधुरा, लिपुलेक जस्ता भुभाग नेपालको नक्सामा समेटेर फिर्ता गर्ने जिम्मा पनि एमालेकै काँधमा आएको र त्यो गरेको उहाँले स्मरण गराउनुभयो ।