![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-04-15-102415.png)
पार्टीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न एमाले अध्यक्ष ओली परासी जानुहुँदै
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पार्टीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न नवलपरासी जाँदै हुनुहुन्छ । उहाँ भैरवहाबाट हुलाकी सडक हुँदै परासी जाने कार्यक्रम छ ।
पार्टी केन्द्रीय सदस्य सरिता भुसाल खनालका अनुसार रेवन पार्टी प्यालेस स्वाँठीमा कार्यक्रम आयोजना गरिएको छ । संविधान जारी भएपछि नवलपरासी जिल्लालाई दुईभागमा बाँडिएको थियो । बर्दघाट सुस्ता पश्चिमको भूगोल समेटेर बनेको परासीमा आज अधिवेशन सुरु हुन लागेको हो ।
सदस्य खनालका अनुसार अधिवेशनका लागि ४२६ जना प्रतिनिधी चयन भएका छन् । उनीहरुले १०५ सदस्यीय जिल्ला कमिटी गठन गर्नेछन् ।अधिवेशनलाई सकेसम्म सर्वसम्मत बनाउने कोशिस नेतृत्तवले गरिरहेको छ ।
तर अध्यक्षका आकांक्षी धेरै भएका कारण मिलाउन समस्या भएको छ । अध्यक्षका लागि वर्तमान अध्यक्ष दिपेन्द्र अधिकारी,उपाध्यक्ष डोलारज भण्डारी,सचिव धिरज बस्याल,राष्ट्रियसभाका पूर्व सदस्य रामलखन हरिजन, नेता श्याम बस्यालले दाबी गरेका छन् ।