ईपीएलमा टोटमहमद्वारा चेल्सी पराजित
काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सीले टोटनहम हट्सपुरलाई हराएको छ ।
गए राती स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सीले टोटनहमलाई २–० गोलले हरायो । चेल्सीका ट्रेभो चालोभले २४ औँ र निकोलस ज्याक्सनले ७२ औँ मिनेटमा गोल गरे ।
यो जितसँगै चेल्सी ३४ खेलमा ५१ अङ्कसहित तालिकाको आठौँ स्थानमा उक्लिएको छ । टोटनहम उति नै खेलमा ६० अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।
टोटनहम र चेल्सी दुवै टोली उपाधि होडबाट बाहिरिइसकेका छन् । यो सिजनमा आर्सनल, म्यानचेस्टर सिटी र लिभरपुल उपाधि होडमा छन् ।