
उपनिर्वाचनको समीक्षा गर्न रास्वपले बोलायो सचिवालय बैठक
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दै छ ।
उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे बैठक बस्न लागेको हो । आज बस्ने बैठकमा इलाम—२ को उपनिर्वाचनको समीक्षा गरिने महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो ।
इलाम—२ को उपनिर्वाचनमा चौथो भएको रास्वपाको जमानत जफत भएको थियो ।