![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/EPS.jpg)
कोरियाबाट फर्केकाका लागि अभिमुखीकरण कार्यक्रम, ‘के हामी’ परियोजना सुरु
काठमाण्डौ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियाबाट फर्किएका श्रमिकका लागि कोइकाको ‘के हामी’ परियोजना सुरु भएको श्रम, रोजगार तथा सामाजिक वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले दक्षिण कोरिया गएर फर्किएका श्रमिकका लागि सुरु भएको पहिलो पटक पुनः एकीकरण तथा अभिमुखीकरण कार्यक्रम राम्रो हुने र सिकेको सिप र कमाएको पुँजीको सही प्रयोगका लागि फर्किएका युवाले पुनः एकीकरण कार्यक्रमबाट धेरै फाइदा लिन सक्ने उहाँले प्रष्टाउनुभयो ।
कार्यक्रममा इपिएस केन्द्र कोरियाका प्रमुख किम खिसुले कोरियामा काम गरेर फर्किएर नेपालमा केही गर्ने र गरेका श्रमिकका लागि धेरै राम्रो हुने जानकारी दिनुभयो ।
साथै कोरियाबाट फर्किएकालाई नेपालमै टिक्ने वातावरण बनाउनेमा प्राथमिकता दिनुपर्ने ‘के हामी’ परियोजनाका प्रमुख सङ यल सले यसले बताउनुभयो ।
वैदेशिक रोजगारीबाट फर्किएका प्रवासी उत्कृष्ट जनशक्ति र आर्थिक विकासलाई डो¥याउने जनशक्ति उत्पादन गर्ने परियोजनाको उद्देश्य रहेको उनले बताउनुभयो ।
कोइका नेपालका निर्देशक कोङ मुहनले उक्त परियोजनाबाट प्राप्त हुने शिक्षा र जानकारीले कोरियाबाट फर्किएकालाई सुरक्षित रूपमा बसोबास गर्न र भविष्यका लागि सपना साकार गर्न सहयोग हुने विश्वास दिलाउनुभयो ।
सन् २०२२ देखि २०२८ सम्म सञ्चालित परियोजनाका लागि ८० लाख अमेरिकी डलर बराबरको रकम छुट्याइएक र । उक्त परियोजनामार्फत २०२४ अपिल ३० देखि सन् २०२८ सम्म आठ सय जना कोरियाबाट फर्किएकाले पुनः एकीकरणसम्बन्धी जानकारी तथा अभिमुखीकरण तालिम लिन पाउने जानकारी विभागले दिएको छ ।
कोरियाबाट फर्केका आप्रवासीको स्थिर पुनः एकीकरण र उद्यमीशलता क्षमता अभिवृद्धि गरी नेपालको सामाजिक, आर्थिक विकासमा योगदान पु¥याउनुका साथै रोजगारी वृद्धि गर्ने परियोजनाको लक्ष्य रहेको विभागले जानकारी प्रदान गरेको छ ।
यस परियोजना अन्तर्गत उद्यमशीलता शिक्षा, रिटर्नी सर्वेक्षण, पुनः एकीकरण शिक्षा, अनलाइन मेन्टरिङ कार्यक्रम, सम्भावित उद्यमीका लागि कोष स्थापनालगायतका काम हुने विभागले जनाएको छ ।