साँगामा रोकेर राखेको ट्याङ्करमा ६ वटा सवारी साधन ठोक्किए, दुई जना घाइते

काठमाडौँ । काभ्रेपलान्चोकको बनेपा नगरपालिका–१३ स्थित साँगामा रोकेर राखेको ट्याङ्करमा मोटरसाइकल, स्कुटर र मालवाहक ट्रक सहितका ६ वटा सवारी साधन ठोक्किएका छन् । दुर्घटनामा परेर दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी लालध्वज सुवेदीले जानकासरी दिनुभयो ।

घाइते हुनेमा बा.६३ प ७ नम्बरको मोटरसाइकल चालक पनौती घर भएका प्रकाश सापकोटा र बागमती प्रदेश–०२–०४४ प ०५७३ नम्बरको स्कुटर चालक बनेपा घर भएकी १८ वर्षीया देविना कर्माचार्य छिन् ।

बागमती प्रदेश ०१–००३ क ९९४५ नम्बरको ट्याङ्करमा साँगाबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकल, स्कुटर, बा.७ च ४५३७ नम्बरको कार, योद्धा गाडी, बिएसिओ–१२३ नम्बरको कार र मालवाहक ट्रक ठोक्किएको डीएसपी सुवेदीले जानकारी दिनुभयो ।