गण्डकीमा मुख्यमन्त्री पाण्डेले दोस्रो पटक शपथ लिनुहुदैँ
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।
उहाँसँगै कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा.टंकराज गुरुङले मन्त्री पदको शपथ लिनुभएको हो।
थापाले सामाजिक विकास, ऊर्जा र गुरुङले आर्थिक मामिला मन्त्रालयको शपथ लिनुभयो ।