बजेटमा सरकारको ५ प्राथमिकता

काठमाण्डौ ।  सरकारले आउँदो आर्थिक वर्षको बजेटमा पाँच वटा मुख्य प्राथमिकता कायम गरेको छ । आउँदो आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको प्राथमिकता प्रस्तुत गर्नुभएको हो ।

सरकारका पाँच प्राथमिकता यस प्रकार छन्–

१, आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन

२, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औधोगिक विकास र पूर्वाधार निर्माण

३, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास

४, समावेशीता र सामाजिक सुरक्षा

५, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवामा सुधार