सहकारी ठगी प्रकरण : कार्यादेशमा कुरा नमिलेपछि छलफल निष्कर्ष विहीन

काठमाण्डौ । सहकारी ठगी प्रकरण छानविनका लागि गठन गर्ने भनिएको संसदीय समितीको कार्यादेशमा कुरा नमिलेपछि आजको बैठक विना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री समेत उपस्थिती उक्त बैठकमा सत्ता र प्रतिपक्ष पूर्ववत अडानमा सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गर्नु भएको थियो । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरुले सहकारी ठगी प्रकरणको विषयमा पूर्ववत अडान कायम राखेको जानकारी दिनुभएको छ ।