नेपालमा कोभिड–१९ को नयाँ सब भेरियन्टु पुष्टि

काठमाण्डौ । नेपालमा कोभिड–१९ को नयाँ सब भेरियन्ट केपी पुष्टि भएको छ । गएको दुई महिनायता देशभर कोभिड –१९ पुष्टि भएका ४२ जनाको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट केपी वान १७–जनामा केपी टू पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यस्तै एक जनामा केपी थ्री र एक जनामा केपी फो भेरियन्ट देखिएको छ ।

यसअघि नेपालमा ओमिक्रोन भेरियन्टको जे एन भेरियन्टको विभिन्न सब भेरियन्ट पुष्टि भएको थियो । पछिल्लो समय देखिएको केपी भेरियन्ट भने सिङ्गापुरलगायत केही देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाको सूचनामा केपी भेरियन्ट अत्यधिक चाँडो फैलनसक्ने भेरियन्ट भएको उल्लेख गरेको छ । अरू देशको अनुभवअनुसार केपी सब भेरियन्टको लक्षण अन्य भेरियन्टको तुलनामा खासै फरक छैन ।

यो भेरियन्टमा नाकबाट पसिना आउने, घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जीउ दुख्ने, कमजोरीपनजस्ता पुरानै लक्षण देखिएको पाइन्छ ।