![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-24-115218.png)
आफूखुशी गैरहाजिर रहेका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको निर्देशन
काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । दुई महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका विभिन्न दर्जाका प्रहरीहरूलाई एक हप्ताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन कार्यालयले भनेको हो ।
कार्यालयले उनीहरूको खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत ती प्रहरी कर्मचारीहरू सम्पर्कमा नआएको जनाएको छ । उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी दिइएको छ ।