मिडिया हाउसका एक जना पक्राउ पर्दैमा सञ्चारको हक खोसिँदैन : अध्यक्ष ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा मिडियाको मालिक पक्राउ पर्दैमा लोकतन्त्र खतरामा पर्यो भन्नु गलत रहेको बताउनुभएको छ ।
गृह जिल्ला झापामा सञ्चारकर्मीसँगको कुराकानीमा कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे ओलीले यस्तो बताउनुभएको हो ।
‘‘मन्त्री समाउँदा, प्रधानमन्त्री समाउँदा अनेक हुँदा केहि नहुने । लोकतन्त्र कसरी खतरामा परिहाल्यो त, एक जना मिडियाका मालिक पक्राउ पर्दा ?’ ओलीले भन्नुभयो ,‘पक्राउ गर्नु सही हो या होइन, समय सही हो या होइन, त्यता म जान्नँ । तर, यसलाई लोकतन्त्रमाथिको खतरा भन्नु गलत हो’
सिरोहियालाई समाचार लेखेको आधारमा पक्राउ गरेको हो र भन्दै उहाँले सरकारसँग नागरिकताको विषयमा छानबिन गर्नसक्ने अधिकार रहेको बताउनुभयाे ।