![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Balen-and-Mahabihar.jpg)
सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्छ : मेयर बालेन
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताउनुभएको हो ।
मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरुको पुनः निर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिएर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पुरानो शैलीमा सम्पदाहरुको पुनः निर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभइ झनै बढेर जाने बताउनुभयो । उहाँले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने बताउनु भयो । उहाँले महानगरपालिकाभित्रका सम्पदा पुनःनिर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको बताउनुभयो ।
मेयर साहले सम्पदा पुनःनिर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरुसँग आग्रह गर्नुभयो । महानगरपालिकाले सम्पदा पुनःनिर्माणका लागि एकै पटक सबै बजेट माग्दा पाइँदैन की भन्ने आशंका नगरी एकैपटक बजेट मागेर सबै पुनःनिर्माणका कामहरु एकैपटकमा सम्पन्न गर्नेगरी काम गर्न आग्रह गर्नुभयो ।