![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2023-10-13-165555-2.png)
सुनचाँदीको भाउ घट्यो
काठमाण्डौ । सुनचाँदीको भाउ आज (बिहीबार) घटेको छ । आज सुनको भाउ एक हजार आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ३८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो (बुधबार) सुनको भाउ एक लाख ४० हजार पाँच सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको एक हजार नौ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज भने ३५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।