![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/MT-everest.jpg)
सगरमाथा आरोहणका क्रममा २ जना बेपत्ता
सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा दुई जना आरोही बेपत्ता भएका छन् । मङ्गलवार सगरमाथाको चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिनुभयो ।
चुचुरोमा पुगेर फर्कने क्रममा आठ हजार सात सय ५० मिटरको उचाइमा रहेको ‘साउथ समिट’ नजिक चिप्लिएर दुवै जना बेपत्ता भएका उहाँले बताउनुभयो । दुवै जनाल सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालले यही जेठ ८ गते आज निकाल्नुभएको विज्ञप्तिमा उल्लेख गर्नुुभयो ।
बेपत्ता दुवै जनाको खोजी गर्न कम्पनीले छ जना अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि गएको चैत २२ गते ‘एटके एक्सपिडिसन प्रालि’ मार्फत विभागको अनुमति लिई आरोहणमा निस्किएका थिए ।