![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-22-130251.png)
आईपीएल क्रिकेटको दोस्रो क्यालिफायरमा पुग्न राजस्थान र बेंगलुरु खेल्दै
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुग्न आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् ।
इलिमिनेटरको यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । यो खेलको विजेता टोलीले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा सनराईजर्स हैदराबादसँग खेल्नेछ ।
हिजो भएको खेलमा कोलकाता नाइट राइडर्ससँग हैदराबाद ८ विकेटले पराजित भएको थियो । कोलकाता फाइनलमा पुगेको छ । दोस्रो क्वालिफायरको खेल पर्सि शुक्रवार र फाइनल खेल आइतवार हुनेछ ।