![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-21-122353.png)
सहकारी ठगी सम्बन्धमा बनाइने संसदीय समितिको टीओआर बनाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन
काठमाडौं । सहकारी ठगी सम्बन्धमा बनाइने संसदीय समितिको टीओआर बनाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन सकिएको छ ।
सत्ता पक्ष र प्रतिपक्ष दलको अडान यथावत भएकाले सहमति जुट्न नसक्दा बैठक निष्कर्षविहीन भएको हो । बैठकपछि बोल्दै कार्यदलमा सदस्य एवम् एमाले सचेतक महेश बर्तौलाले सहमतिबाट विषयहरूलाई टुंग्याउने र संसदको गतिरोध अन्त्य गर्ने सहमति भएको बताउनुभयाे ।
उहाँले संसद बैठकपछि फेरि कार्यदल बैठक बस्ने जानकारी दिनुभयाे । राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सहमतिको प्रयास भइरहेको बताउनुभयाे ।
नेपाली कांग्रेसका जीवन परियारले गृहमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने मागमा आफूहरू अडिग रहेको बताए । साथै, छानबिन समिति नबन्दासम्म संसद चल्न नसक्ने उहाँले बताउनुभयाे।