दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खलामा वेस्ट इन्डिजको कप्तानी ब्रान्डन किङले गर्ने
काठमाण्डौ । दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि ब्रान्डन किङ वेस्ट इन्डिजको अन्तरिम कप्तान नियुक्त भएका छन् ।
रोभम्यान पावेलले नियमित कप्तान उपलब्ध नभएपछि ब्रान्डन किङले दक्षिण अफ्रिकासँगको घरेलु शृङ्खलामा वेस्ट इन्डिजको कप्तानी गर्ने भएका हुन् । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट चलिरहँदा पावेलसहित वेस्ट इन्डिजका अन्य खेलाडी भारतमै छन् । राजस्थान रोयल्सबाट रोभम्यान पावेल आईपीएल २०२४ मा खेलिरहेका छन् ।
तीन खेलको टी–२० शृङ्खला आउँदो बिहीवारदेखि शुरु हुँदैछ । यस्तै दोस्रो खेल शनिवार र तेस्रो खेल आइतवार हुनेछ । तीन वटै खेल जमैकाको सबिना पार्कमा हुने तालिका छ । विश्वकप क्रिकेटको तयारी आउँदो जुन २ तारिखदेखि शुरु हुने टी–२० लागि यो शृङ्खला दुवै टोलीका लागि महत्त्वपूर्ण छ ।
ब्रान्डन किङसहित रोस्टन चेज, एलिक अथान्जी, जोनसन चाल्र्स, आन्द्रे फ्लेचर, म्याथ्यु फोर्डे, जेसन होल्डर, अकेल होसेन, शामर जोसेफ, केल मेयर्स, ओबेड म्याककोए, गुदाकेश मोटी, रोमारियो शेपहर्ड र हेडन वाल्श वेस्ट इन्डिजको टोलीमा छन् ।