महानगरले गौशालामा मापदण्ड विपरीतका संरचना भत्कायो

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको छ ।

आइतबार महानगरपालिकाले मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएर भत्काएको हो।

गौशाला चोक आसपासमा सडक किनार अतिक्रमण गरी बनाइएका घर टहरा र सटर भत्काएको महानगरपालिकाले बताएको छ।

महानगरपालिकाले शुक्रबार मात्रै भत्केको पुल आसपासका अवैध संरचना भत्काएको थियो । महानगरपालिकाले मापदण्ड विपरीत बनाएका महानगरपालिका भित्रका संरचना भत्काउँदै आएको छ ।