![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-18-143747.png)
भारतमा गुडिरहेको बसमा आगलागी हुँदा १० जनाको ज्यान गयो
एजेन्सी । भारतको हरियाणा राज्यमा पर्ने नुहमा बिहान गुडिरहेको बसमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ । अरू २० जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।
कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर दुर्घटना भएको हो । बसमा आगो लाग्नसाथ चालक भागेका र गाउँलेले बसको झ्यालका सिसा फुटाएर आफुहरुलाई बचाएका एक जना घाइतेले बताएका बीबीसी हिन्दीको खबरमा उल्लेख छ ।
बसमा झन्डै ६० जना थिए । ती सबै चण्डीगढ र पञ्जाबका बासिन्दा हुन् । बसमा आगजनी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।