प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित
काठमाण्डौ । प्रतिनिधि सभाको बैठक जेठ ६ गते आइतबारसम्मका लागि स्थगित भएको छ ।
यसअघि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्षसहित प्रतिपक्ष दलहरू बेग्लाबेग्लै छलफलमा व्यस्त रहेपछि दिउँसो २ बजेका लागि सारिएको थियो । तर दिउँसो ३ बजेसम्म पनि बैठक बस्न सकेन ।
बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेको आदेशमा संसद् सचिवालयले सूचना प्रकाशन गरेर बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेको हो ।