सुनको भाउमा तोलाको एक लाख ४० हजार रुपैयाँ पुग्यो
काठमाण्डौ । सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ एक हजार छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ३८ हजार चार सय रुपैयाँ थियो । यसअघि गएको वैशाख ७ गते सुनको भाउ सबैभन्दा उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ६० रुपैयाँले बढेर एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।