सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले विश्वासको मत प्राप्त

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेशसभाबाट विश्वासको मत पाउनु भएको छ । आज बसेको प्रदेशसभा बैठकबाट सोडारीले विश्वासको मत प्राप्त गर्नू भएकोहो ।

प्रदेशसभामा कुल २८ सांसद उपस्थित रहेकामा सबै २८ सांसदले सोडारीलाई विश्वासको मत दिएका छन् । त्यस्तै, उक्त प्रस्तावको विपक्षमा शून्य र तटस्थमा शून्य मत परेको छ । ५३ सदस्यीय प्रदेशसभामा २८ सांसदले पक्षमा मत दिएपछि सोडारीले विश्वासको मत पाउनु भएको हो ।

नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका सांसदहरूले भने बैठक बहिष्कार गरेका थिए । मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया नै असंवैधानिक रहेको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।

कांग्रेस र रेशम पक्षका सांसदहरू नाराबाजी गर्दै बाहिरिएपछि भएको मतदानमा सोडारीले विश्वासको मत पाएको सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीले घोषणा गर्नुभएको हो ।